काठमाडौँ, २५ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा उनीहरूबिच सोमबार शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरिएको स्वकीय सचिव दीपक जोशीले जानकारी…