काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन्। मेयर शाहले लेखेका छन्, 'हामी काठमाडौँ महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौ ।…