राजनीति

नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भयो : शेखर कोइराला



काठमाडौँ, १९ मंसिर  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल शेयर विक्री भएको दाबी गरेका छन् ।

आज नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेता, कर्मचारी र व्यापारीहरूको मिलेमतोबिना एनसेलको सेयर विक्री सम्भव नभएको बताएका हुन् ।

उनले भने, ‘अहिले एनसेलन सेयर विक्रीको कुरा आएको छ । राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोविना एनसेल शेयर विक्री हुन सक्दैन’, ‘यसबारे हामी संसदमा पनि कुरा उठाउँछौ ।’ नेता कोइरालाले  नेपालमा भ्रष्टाचार निर्मूल गर्नुपर्ने आवश्यकता रहेको भन्दै देश परिवर्तन गर्न नेपाली कांग्रेस परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा महामन्त्री गगन थापाले कांग्रेसले अहिले काम गर्ने बेला भएको भन्दै मिसन ८४ बाट आत्तिन नपर्ने बताए ।