जेन–जी आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ: ठाकुर गैरे

काठमाडौँ, ४ असोज । नेकपा (एमाले)का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरूले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिए । जेनजी पुस्ताका मागहरू सम्बोधन गर्नको लागि जेनजीका अगुवाहरूलाई…