काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर देशकै नेता भएको बताएका छन् । नेपाल संवतको नयाँ वर्षको अवसरमा बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रममा उनले आफूले देशका लागि ५८ वर्षसम्म लडेको, जेल नेल र यातना सहेको जिकिर गरे । उक्त कार्यक्रममा ओलीअघि बोलेका एक वक्ताले नेता पद्मरत्न तुलाधरको प्रशंसा गर्दै…