भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख जम्मा

काठमाडौँ, ८ मंसिर । भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो…