सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ, २० कार्तिक । गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा…