काठमाडौँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल विश्वको साथी भएको बताएका छन् । मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन् । त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन् । ‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको राम्रो साथी बन्नुपर्छ,’ उनले उक्त भनाईबाट आफ्नो सम्बोधन टुंग्याए । उनले…