Banner News

नेपाल विश्वको मित्र हो: महासचिव गुटेरेस



काठमाडौँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल विश्वको साथी भएको बताएका छन् ।

मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन् । त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन् । ‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको राम्रो साथी बन्नुपर्छ,’ उनले उक्त भनाईबाट आफ्नो सम्बोधन टुंग्याए । उनले नेपाल शान्तिको राष्ट्र समेत भएको बताएका छन् ।

महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताएका हुन् । उनले भने, ‘नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’

उनले सम्बोधनकै क्रममा इसरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।‘हजारौं माइल टाढा इसरायलमा हमासको आक्रमणबाट नेपाल पनि पीडित बनेको छ। म हमासको आक्रमणबाट ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु। र सम्पर्कबिहीन रहेका विपिन जोशीको सुरक्षित तवरले फर्किउन् भनेर कामना व्यक्त गर्न चाहन्छु,’ उनले भने ।