अध्यक्ष लिङ्देनको दललाई चुनौती: गाली गर्नुको साटो राम्रो काम गरेर देखाउ

काठमाडौँ, ९ कार्तिक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् । बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो…