एजेन्सी, २० माघ । उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ । आइतबार बिहान मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको अज्ञात समूहले गोली हानी हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु…