ओमानका राजा सैदको निधन

एजेन्सी, २६ पौष । ओमानका सुल्तान काबूस बिन सैद अल सैदको ७९ वर्षको उमेरमा निधन भएको छ । सुल्तान काबुसको शुक्रबार साँझ निधन भएको बताइएको छ । तर त्यसको घोषणा भने शनिबार बिहान मात्रै गरिएको थियो । गत महिना मात्रै बेल्जियमबाट स्वास्थ्य परीक्षण र उपचार गरि उनी स्वदेश फर्किएको थिए । उनलाई क्यान्सर बताइएको छ…