मजदूर बोकेको भ्यान ट्रकसँग ठोक्किदा ११ जनाको मृत्यु

एजेन्सी, २ भदौ । थाइल्यान्डमा मजदूर बोकेको भ्यान ट्रकसँग जुधेर दुर्घटना हुदा ११ जना मजदूरको मृत्यु भएको छ । आइतबार सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका भ्यान ट्रकसँग जुधेर दुर्घटना हुदा ११ जना मजदूरको मृत्यु हुनुको साथै अन्य चार जना सख्त घाइते भएका छन् । प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ ।…