विश्व

अफगानिस्तानमा आत्मघाती विस्फोट



एजेन्सी, २ भदौ । अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ ।

काबुलस्थित एक विवाह हलमा विवाह समारोह भइरहेका बेला बम विस्फोट भएको रोयटर्सले जनाएको छ ।

उक्त  घटनामा कम्तीमा २० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेका हुन् ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो ।