एजेन्सी, ५ बैशाख । पाकिस्तानमा बन्दुकधारीहरुले बसमा यात्रा गर्दै गरेका १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेको जनाएको छ । बन्दुकधारीहरुले ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरेको समाचार माध्यमहरुले…