टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु

टेक्सास ८ माघ । टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो। उक्त ग्याँस स्टेशनका मालिक मृतकका आफन्त कृष्ण पन्त पनि नेपाली नै हुन् ।…