Banner News

मेस्सी चम्केपछि अर्जेन्टिनाले विश्वकपको टिकट काट्यो



एजेन्सी,२५ असोज । लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे पछि इक्केडरमाथि ३–१ को जित निकाल्दै अर्जेन्टिनाले रसियामा हुने विश्वककप फुटबलको टिकट काटेको छ ।

खेलको पहिलो मिनेटमा नै गोल खाएर पछि परेको अर्जेन्टिनालाई विश्वकपमा पुर्याउने क्रममा मेस्सीले १२,२० र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने क्रममा अर्जेन्टिना २८ अंक सहित समूहको तेस्रो स्थानामा रहन सफल भएको छ।

आजै भएको अर्को अन्तिम खेलमा ब्राजिलले चिलीलाई ४–० ले हरायो । उसले ४१ अकंसहित समूहको शीर्ष स्थनामा रहँदै विश्वकपको यात्रा तय गरेको छ । यो समूहमा उरुग्वे दोस्रो स्थानमा रहदै विश्वकपमा पुग्यो ।

त्यसै गरी कालोम्बिया चौथो स्थानमा रहेर विश्वकपमा पुग्दा पेरुले न्यूजिल्यान्डसँग प्ले–अफ खेल्ने भएको छ । कोपा अमेरिका वितेजा चिली भने विश्वकपमा छनोट हुन असफल भएको छ । दक्षिण अमेरिका पाँचौ स्थानमा रहेको पेरूले विश्वकपका लागि न्यू्जील्यान्डसँग प्लेअफ खेल्ने भएको छ ।