स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु

भ्यालेन्सिया, १६ कार्तिक । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ । स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको छ । स्पेन सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरूले बाढी…