रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट

मस्को, १७ असोज । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका…