प्रधानमन्त्री प्रचण्ड र फिल्ममेकरबीच भेटवार्ता  

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फिल्ममेकरको टिमबीच भेटवार्ता भएको छ । निर्माण तयारीमा रहेको फिल्म ‘जेलब्रेक’को सन्दर्भलाई लिएर बालुवाटार पुगेका फिल्ममेकरको टिमसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओवादी सशस्त्र युद्धबारे गहिरो ढंगमा फिल्म बन्नुपर्ने बताएका छन् । । प्रधानमन्त्रीलाई भेट्न फिल्म निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा,…