मनोरञ्जन

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय



काठमाडौँ, १६ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको छ ।

निर्देशक मिलन चाम्सले फिल्म आगामी माघ ११ गते रिलिज हुने जनाए । फिल्ममा दयाहाङ राई, एञ्जिला सुब्बा, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ र विष्णु मोक्तानको अभिनय छ ।

सुब्बाको बाल्यकालदेखि राष्ट्रिय खेल जीवनसम्मको कथा समेटिएको यो फिल्म बायोपिक भने होइन । उनको जीवनका महत्वपूर्ण घटनाक्रम समेटेर फिल्म तयार भएको हो ।