मनोरञ्जन

‘महाजात्रा’ले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ : अध्यक्ष ओली



काठमाडौँ, १३ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् ।

सुन्धारा स्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए । उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताए । ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । 

उनले भने, ‘यसले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’, ‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’