मनोरञ्जन

राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ



काठमाडौँ, २२ चैत । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गएराति २ बजे काठमाडौँको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो । 

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको बताइएको छ ।

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।