अर्थ

वर्दिवास सडक खण्डले खनियाखर्कका वासिन्दालाई चापाचाप



सिन्धुली, १७ माघ । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ ।

बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् ।

तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको बर्दिबासबाट सुरु भएको यस राजमार्गको लम्बाइ १५८ किलोमिटर छ ।

राजमार्गले महोत्तरी, धनुषा, सिन्धुली, काभ्रे जिल्ला भएर राजधानी काठमाडौँसँग जोडेको छ । साँच्चै हेरिरहुँ जस्तो लाग्ने राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । उक्त राजमार्ग जापान सरकारले सन् २०१५ जुलाई ३ मा नेपाललाई हस्तान्तरण गरेको हो ।

राजधानी काठमाडौँलाई पूर्वी तथा मध्य तराईसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माणले महोत्तरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेपनि यसले रामेछाप, दोलखा, उदयपुर, ओखलढुङ्ङा, खोटाङलगायतका जिल्लामा समेत प्रत्यक्ष सेवा पुगेको देखिन्छ ।
बर्दिबास सडकले

सिन्धुलीमाढीबाट २४ किलो मिटरमा रहेको खनियाखर्क रतनचुरा गाविसमा पर्दछ । बिपी राजमार्गको निर्माण र सवारीको चाप बढेपछि खनियाखर्क बजारका रुपमा स्थापित भएको छ । अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ ।

यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । जुनार, तरकारी होस् या त होटल व्यवसाय गर्ने व्यवसायी सबै निकै व्यस्त छन् । केही समय अगाडिसम्म मुखमा हात लाएर हाई काड्दै बस्ने यहाँका किसान अहिले बजारका व्यापारी बनेका छन् र व्यवसायमा उनीहरुलाई भ्याइनभ्याई छ ।

रतन्चुरा–१ की नीरमाया तामाङ त्यही व्यस्त बजारकी एक सफल व्यवसायी हुन् । बिहान जुरुक्क उठ्नेबित्तिकै जुनार, सुन्तला र तरकारीले भरिभराउ भएको ठेला लिएर सडकको छेउमा व्यापार गर्दै गरेकी भेटिन्छिन् उनी । बनेपा–बर्दिबास सडक विस्तारपछि व्यवसाय सुरु गरेकी उनले राम्रो कमाइ भइरहेको बताइन् । बाटो नबनेको भए त परिवार पाल्न विदेश नै जानुपथ्र्यो । उनले भनिन् – “सडक विस्तारसँगै आफूले लगाएको तरकारी फलफूललगायतका सामान बिक्री गर्न पाएका छौँ । आर्थिक अवस्था पनि सुध्रिएको छ ।”

उनीजस्तै बिपी राजमार्ग क्षेत्रका दर्जनौँ महिला तथा पुरुषले राजमार्ग आसपासमा बसेर होटल, तरकारी, फलफूललगायतका व्यवसाय गरेर परिवार पालिरहेका छन् । अहिले बनेपा–बर्दिबास सडक निर्माणले यस क्षेत्रका स्थानीयवासीको जीवनशैली फेरिएको छ ।भएको छ । अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ ।

यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । जुनार, तरकारी होस् या त होटल व्यवसाय गर्ने व्यवसायी सबै निकै व्यस्त छन् । केही समय अगाडिसम्म मुखमा हात लाएर हाई काड्दै बस्ने यहाँका किसान अहिले बजारका व्यापारी बनेका छन् र व्यवसायमा उनीहरुलाई भ्याइनभ्याई छ ।

रतन्चुरा–१ की नीरमाया तामाङ त्यही व्यस्त बजारकी एक सफल व्यवसायी हुन् । बिहान जुरुक्क उठ्नेबित्तिकै जुनार, सुन्तला र तरकारीले भरिभराउ भएको ठेला लिएर सडकको छेउमा व्यापार गर्दै गरेकी भेटिन्छिन् उनी । बनेपा–बर्दिबास सडक विस्तारपछि व्यवसाय सुरु गरेकी उनले राम्रो कमाइ भइरहेको बताइन् । बाटो नबनेको भए त परिवार पाल्न विदेश नै जानुपथ्र्यो । उनले भनिन् – “सडक विस्तारसँगै आफूले लगाएको तरकारी फलफूललगायतका सामान बिक्री गर्न पाएका छौँ । आर्थिक अवस्था पनि सुध्रिएको छ ।”

उनीजस्तै बिपी राजमार्ग क्षेत्रका दर्जनौँ महिला तथा पुरुषले राजमार्ग आसपासमा बसेर होटल, तरकारी, फलफूललगायतका व्यवसाय गरेर परिवार पालिरहेका छन् । अहिले बनेपा–बर्दिबास सडक निर्माणले यस क्षेत्रका स्थानीयवासीको जीवनशैली फेरिएको छ ।