मनोरञ्जन

मौलिक कौडा चौरासीमा (भिडियोसहित)



काठमाडौंः गाउँ घरको नेपाली ठेट टिपिकल शब्द सङ्कलन गरेर गायक जीतन भाइले कौडा गीत बजारमा ल्याएका छन् । यस अघि तिनपाने कोदोको, छेउ राखेनन् कुरा काट्नीले, हङकङ्गको लाहुरे नामक गीतहरू ल्याएका उनी २०६२ सालदेखि सांगितक क्षेत्रमा लागेका हुन् ।

गीतमा साइला पुन बाजेको चौरासीमा भजन गाउँदै गर्दा बसेको मायाले अहिले अर्कैको भएर गए पनि त्यो बेलाको स्मरण गराएका छन् । स्वरमा गायिका मुनाथापा मगर र दुर्गा रानाले साथ दिएका छन् । रेसम बोहोराको निर्देशन रहेको गीतको म्युजिक भिडियो सप्तरंगी संसारले युबटुयुब मार्फत सार्वजनिक गरेको छ ।

यसै गरी जीतनभाइले दाहोरी पन्चेबाजा गीत घुम्टे मुनि दरिम खोली एल्बम बजारमा ल्याउँनलागेको जानकारी दिए । उनका युद्धमा हारेको मन नामक गजल सङ्ग्रह बजारमा ल्याएका छन् । उनले अब उनी र म नामक मुक्तक सङ्ग्रह प्रकाशनगर्न लागेका छन् ।

[its_video]https://youtu.be/LO4iquWjuOA[/its_video]