मनोरञ्जन

चलचित्र बन्ठेको गीत र पोष्टर सार्वजनिक (भिडियोसहित)



काठमाडौं, ८ माघ । पौराणिक कथामा निर्माण गरिएको चलचित्र बन्ठको गीत र पोष्टर सार्वजनिक गरिएको छ ।

‘कुन गीत गाँउ म तिम्रो लागि’ बोलको गीत यूटुब मार्फट सार्वजनिक गरिएको हो । उमेश शिवाकोटीको शब्द रहेको गीतमा योगेश काजी र सुनिता लिम्बुको स्वर रहेको छ । गीतमा संगीत डिपी निरश, रमेश कोइराला र कुमार पौडेलको रहेको छ ।

भोमन कटुवालले निर्देशन गरेको चलचित्र बन्ठेको निर्माण बिशाल प्रसाद अधिकारी र सरद खडकाले गरेका हुन् । चलचित्रको नृत्य निर्देशक कविराज गहतराजले गरेका छन् ।

सन्चिता लुर्इटेल, मनिष भण्डारी ,उमेश शिवकोटी, दीक्षा पठक रकेश लगाएतको अभिनय रहेको छ । चलचित्रमा द्वन्द निर्देशन राजु किराँतको रहेको छ ।

[its_video]https://youtu.be/50obPZRRUp4[/its_video]