अर्थ

चितवनका व्यवसायीले पखिर्ने र हेर्नेः चोरले भने नयाँ–नयाँ कला फेर्ने



अमिर रामदाम,

भरतपुर, १ फागुन । उद्योग वाणिज्य संघ चितवनको अगुवाइमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, वस्तुगत संस्थाहरुका अध्यक्ष र प्रतिनिधिहरुको साथमा चितवनको शान्ति सुरक्षा र आधुनिक चोरी प्रकरणको विषयमा छलफल भयो ।
छलफलपश्चात् चितवनको शान्ति सुरक्षा र आधुनिक चोरी प्रकरणको विषयलाई लिएर सुनचाँदी व्यवसायीहरु, उवा संघ चितवन र वस्तुगत संस्थाको प्रतिनिधिलगायतको संयुक्त टोली जिल्ला प्रशासन कार्यालय चितवनमा डेलिगेशन गएका थिए ।
टोलीलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले “हिजोको दिनको सुरक्षा भन्दा केही कडा सुरक्षा व्यवस्था अपनाइएको बताए ।” भट्टले “आउँदो दिनमा यस्ता घटनाहरु नहुने प्रतिबद्धता जाहेर गरे ।”

तर प्रहरी उपरिक्षक दीपक थापाले भने “आधुनिक चोरी प्रकरणको अनुसन्धानको करिब करिब नजिक पुगि सकेको” बताए ।
त्यस्तै सुनचाँदी संघर्ष समितिका संयोजक एवं नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष विपिन रामुदामुले भने “प्रशासनबाट आधुनिक चोरी प्रकरणको अनुसन्धानको नजिक पुगेको जानकारीले केहीसमयका लागि संघर्षका कार्यक्रमहरु यथावत राखेको बताए ।” उनले “अहिले हामी पर्ख र हेरको अवस्थामा रहेको” जिकिर गरे ।