अर्थ

रासायनिक मल आभावले गहुँ खेती प्रभावित सरकार रमिते



वीरगन्ज, ६ फागुन । जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा यस वर्ष गहँखेती प्रभावित हुने भएको छ ।

रासायनिक मल युरिया नपाउँदा गहँखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताए ।

जिल्लामा करिब साढे तीन हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । सरकारले रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएपनि युरिया मलको आभाव भएपछि किसान भारतबाट आयात गरिएको कमसल मल प्रयोग गर्न बाध्य छन् ।

कम्पनीका अनुसार आव २०७२÷७३ मा रु १८ करोड ९२ लाख ९३ हजारको १० हजार ५०० मेट्रिक टन युरिया, रु ४६ करोड ३७ लाख २७ हजारको १० हजार ३०५ मेट्रिक टन डिएपी र रु एक करोड ४१ लाख ३९ हजारको ४५९ मेट्रिक टन पोटास बिक्री भएको थियो ।