स्वास्थ्य

सुर्तिजन्य पदार्थ र आधुनिक जीवनशैलीले क्यान्सर रोगी बढेः प्राडा विष्णुदत्त पौडेल



काठमाडौं,८ फागुन । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले नेपालमा सुर्तिजन्य पदार्थको कारण र आधुनिक तरिकाको जीवनशैलीले गर्दा दिन प्रतिदिन क्यान्सर तथा मुटु रोगीहरुको संख्या बढ्दै गइरहेको बताए ।

क्यान्सर काउन्सिल नेपालले राजधानीमा आयोजना गरेको एक दिवसीय ‘वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु’ रोगका बारेमा सम्पन्न जनचेतनामूलक कार्यक्रम प्रा।डा पौडेलले सो कुरा बताएका हुन् ।

जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावले गर्दा प्रत्येक वर्ष २० हजार बन्दा बढी क्यान्सर रोगीहरु रोगको पहिचान नै नभइ निधन हुने गरेको डा पौडेलको भनाई छ ।

जनतेतनामुलक कार्यक्रम मार्फत क्यान्सर तथा मुटु रोगीको संख्या कम गराइ स्वास्थ समाज निर्माणका लागि उपायेगी हुने बताए ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण नेपालमा ६० प्रतिशत भन्दा बढी नसर्ने रोगहरुबाट मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको डा। पौडेलले प्रस्टयाए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र्रलाल कडरियाले नेपालमा ३४ हजार भन्दा बढी मानिसहरु लागुगदार्थको कुलतमा फसेको बताए ।

सुरुको अवस्थामा युवाहरु सुर्तीजन्य पदार्थको प्रयोग गरेतापनि कालान्तरमा लागु पदार्थको सेवन गरेको स्पष्ट पारे ।

जनचेतनाको अभाव र साथीहरुको प्रभावले गर्दा प्रायजसो कलेज उमेरका केटाकेटीहरु सुर्तीजन्य पदार्थको सिकार भएको कडरियाले बताए ।

बालबालिकालाई सुर्तीजन्य पदार्थबाट जोगाउनका लागि व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

यसका लागि नागरिक समाज, नेपाल सरकारका विभिन्न मन्त्रालयहरु र विभिन्न गैर–सरकारी संघ संस्थाहरुवीच समन्वय गर्नुपर्ने खाँचो औंल्याए ।