राजनीति

संसदको बैठक आज पनि बस्दै नबसी स्थगित



काठमाण्डौ, ११ फागुन, । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
यस अघि मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

आजको बैठकमा सरकारको संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले अडान राख्दै आएका थिए ।