Banner News

सभापतिले म्यानपापर व्यवसायी र चन्दलाई बोकेपछि पौडेलले सोधे के कांग्रेस देउवाको प्राइभेट कंम्पनी हो ?



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस पार्टीलाई सभापति शेरवहादुर देउवाले एकपक्षीय र मनोमानीढगले अघि बढाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।

पार्टीभित्र कुनै सरसल्लाह र परामर्श विना देउवाले प्राइभेट कंम्पनी जसरी मनोमानी तरिकाले अघि बढाउँदा आमजनतामा पार्टीको साख गिरेको भन्दै पौडेल पक्षीय नेताहरुले सार्वजनिकरुपमा नै असन्तुष्टि व्यक्त गर्न थालेपछि कांग्रेसभित्रको अन्तरकलह छताछुल्ल भएको छ ।

पार्टी महाधिवेशन भएको लामो समयसम्म पार्टीका विभाग र समितिहरूलाई पूर्णता नदिएको आलोचना खेपिरहेका र देउवाका पछिल्ला दुई प्रकरणपछि वरिष्ठ नेता पौडेलले देउवाको चर्को आलोचना मात्रै गरेका छैनन, उनको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् पछिल्लो समयजयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन र म्यानपावर व्यवसायी आशा लामालाई पार्टीको कोटाबाट राजदूत बनाउन गरिएको सिफारिसप्रति पौडेल पक्षबढी आक्रमक देखिएको छ ।

यी दुवै प्रकरणमा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल पक्षीय नेताहरू असन्तुष्ट मात्रै छैनन्, पार्टी देउवाले प्राइभेट कंम्पनी जसरी सञ्चालन गर्न थालेको भन्दै आक्रोश पोख्दै आएका छन् केन्द्रीय सदस्य रामशरण महत संविधान संशोधनको विधेयक अघि बढाउने विषयदेखि राजदूत प्रकरणसम्म पार्टीभित्र छलफल नभएको बताउँछन् ।

‘संविधान संशोधनकै विषयमा पनि पार्टीको धारणा छैन र होइन,’ उनले भने, ‘महत्त्वपूर्ण निर्णयहरूमा समेत पार्टीभित्र छलफल बन्द छ । यो कार्यशैलीले पार्टीलाई एकल ढंगबाट चलाउन खोजेको देखिन्छ ।’ पौडेल समूहले आफ्नो तर्फबाट एक नम्बरमा पत्रकार धर्मेन्द्र झाको नाम अघि सारेको थियो । तर, उनको नाम काटेर म्यानपावर व्यवसायी आशा लामालाई नियुक्ति गरिएपछि पौडेल पक्ष क्रुद्ध भएको हो ।