मनोरञ्जन

शिवको नयाँ गीतको भिडियो वजारमा



काठमाडौं । गायक शिव परियारले आफ्नो जन्मदिन पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । परियारले आफ्नो गीतिसंग्रह शिवालयमा समेटेको गीत ‘अल्लारे‘’ को भिडियो सार्वजनिक गरेका हुन् ।

राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत पनि परियार आफैंले दिएका हुन् । अल्लारेमा लगाएको माया प्रेमका बारेमा केके गर्छन् भनेर गीतको भिडयोमा देखाउन खोजिएको छ । रिलिजपूर्व नै परियारले विभिन्न महोत्सवमा गाएर दर्शक तथा श्रोतामाझ यस गीतलाई हिट बनाइसकेका छन् ।

यस गीतको भिडियोले पनि बजारमा राम्रै चर्चा पाउने गायक परियारको विश्वास रहेको छ । यसको भिडियोमा मोडल ज्योत्सना योगी र रितेश गुरुङको अभिनय रहेको छ । ब्याँन राईको छायांकन रहेको यस गीतलाई विनय कंसाकारले सम्पादन र नरेन लिम्बूले निर्देशन गरेका हुन् ।