Banner News

दोलखाका काग्रेस –माओवादीका दुई सय नेता–कार्यकर्ता एमालेमा प्रवेश



काठमाण्डौ,१४ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कांग्रेस र माओवादी आतिने गरी एमालेले जित्ने दावी गरे ।दोलखा भिमेश्वर नगरका करिब दुई सय कांग्रेस र माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले भने– ‘एमालेले जित्ने चुनाव नगर्न शक्तिहरुले दबाब दिन थालेका छन् । महाभारतको युद्धमा पाण्डवहरुले जित्ने अवस्थामा पुगेपछि दुर्योधन पानी मुनी गएको र भीमसेनले पानी मुनीबाट ल्याएर भए पनि दुर्योधनलाई पराजित गरेको कथा उनीहरुलाई थाहा होला ।’

महाभारत युद्ध सकिएपछि दुर्योधन पानी मुनी गएर लुकेको स्मरण गर्दै ओलीले भने– ‘तपाईं दोलखावासीहरुलाई भीमसेन को हो थाहा छ । भीमसेनले पानीमुनीबाट ल्याएर पनि दुर्योधनलाई गदाले प्रहार गरेर पराजित गरे ।’ उनले संविधान रोक्न प्रयास गर्ने शक्तिलाई धक्का दिने गरी एमालेले जित्ने पनि उनले दाबी गरे ।