मनोरञ्जन

अत्याधुनिक सुविधा सहित ६ नम्वर प्रदेशमा पहिलो रेकडिङ्ग स्टुडियो



 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश नंम्बर ६ कै पहिलो अत्याधुनिक प्रबिधियुक्त गित रेर्कडिङ स्टुडियो संचालनमा आएको छ । यस क्षेत्रमा रहेका मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउँन तथा उजागर गर्न सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा आएको हो ।

काठमाडांैकै गुणस्तरमा गित रेर्कड गर्न र भिडियो छायाङक्न गर्न काठमाडौ जानु पर्ने बाध्यतालाई अन्त्य गर्न सुर्खेतमै सेमभेक डिजिटल रेकर्डिङ स्टुडियो संचालनमा ल्याईएको संचालक बिनोद खनालले बताए ।

यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दे स्टुडियो संचालनमा ल्याईएको भन्दै संचालक खनालले ३७ लाख रुपैया खर्च भएको बताए । स्टुडियोको एक कार्यक्रमका बिच बरिष्ठ कलाकार प्रमदेब गिरी, भिमबहादुर कार्की,बुलु मुकारुङ,दृष्टी बिहीन कलाकार मैते नेपालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कलाकार प्रेमदेब गिरीले रेकर्डिङ स्टुडियो संचालनले यस क्षेत्रका कलाकारहरु नयाँ उर्जा थप्ने बताए । तबला वाधक मैते नेपालीले पूर्विय संगितको मौलिकतालाई बचाउनुका साथै पश्चिमा संस्कृतिको बिकृति अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै गिरीले यो क्षेत्र कला संस्कृतिको खानी भएको चर्चा गर्दै आगामी दिनमा दबिएर रहेका प्रतिभाहरु पनि प्रस्फुटन हुने बिस्वास ब्यक्त गरे । बरिष्ठ लोक गायक भिमबहादुर कार्कीले सुर्खेतमा गीत रेर्कडिङ स्टुडियो संचालनमा आउनु यस क्षेत्रका कलाप्रेमीहरुका लागी सुःखद अवसर भएको भन्दै सफलताको कामना गरे ।

अर्का कलाकार बुलु मुकारुङले कला र संगित बिनाको जिवन अधुरो रहने भन्र्दै पश्चिम क्षेत्रका गितहरु बजारमा ल्याउन यस रेर्कडीङ स्टुडियोले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्टुडियोका निर्देशक खगेन्द्र न्यौपानेले अहिले गित रेर्कड गर्न र भिडियो छायाङकन गर्नकै लागी काठमाडौ जानु पर्ने बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य भएको बताए ।