Banner News

स्थानीय तह सात सय ४४ बनाउने मन्त्रीपरिषदको निर्णय



काठमाडौं, २२ फागुन । आइतबार सम्पन्न मन्त्रीपरिषदको बैठकले स्थानीय तहको संख्या सात सय ४ं४ बनाउने निर्णय गरेको छ ।

बैठकले मधेसको दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गरेको हो । बैठकले नुवाकोटमा जिल्ला प्राविधिक समितिले सिफारिस गरेकै स्थानीय तहलाई मान्यता दिएको छ । यस्तै खोटाङमा आयोगले गरेको सिफारिसलाई नै मान्यता दिएको छ ।

त्यसैगरी मनाङमा एक स्थानीय तह थप गर्ने र बझाङ्को काँडा गाबिसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ । राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे आवश्यक निर्णय लिन सकिने निर्णय बैठकले गरेको छ ।

बैठकले निर्वाचनको तयारी गम्भीर रुपमा अगाडि बढिरहेको सन्दर्भमा सरकारी कर्मचारीलाई बन्द, हड्ताल र सरकारी काममा कुनै पनि अवरोध नगर्न निर्देशन दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले जानकारी दिए ।