राजनीति

भारतको थिचोमिचोमा सरकार किन मौन भन्दै सांसद श्रेष्ठले प्रश्न गरिन



काठमाण्डौ, १ चैत्र ।सांसद रञ्जना श्रेष्ठले नेपाल भारत सिमानामा भारतबाट पटक पटक थिचोमिचो हुँदै आएको छ भन्दै यसमा सरकार किन चुप लागेको भनी संसदमा बोल्ने क्रममा आफ्नो प्रश्न गरिन । त्यसरी नै संसदमा बोल्ने क्रममा

यसैगरी आजको बैठकको शून्य समयमा भक्तबहादुर विश्वकर्मा खपाङ्गी ले राज्यकोषबाट पूर्वराष्ट्रसेवकलाई प्रदान गरिने निवृत्तिभरण र सुविधालाई सहज तथा समान रुपमा वितरण हुने व्यवस्था गर्नुपर्ने माग गरे ।

अर्का सांसद भरतबहादुर खड्काले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले राज्यलाई तिनुपर्ने कर नतिरेकामा आपत्ति जनाउँदै उक्त कर जनताको पैसा भएकाले राज्यको ढुकुटीमा आउनुपर्नेमा जोड दिए। सांसद भोटनीदेवी खवासले मोरङ क्षेत्र नं ६ को बाटो निर्माण गर्न सरकारसँग माग गरिन ।