शैक्षिक

बन्दले एमालेलाई नछेक्ने योगेशले दिए नेपालगन्जमा चेतावानी



काठमाण्डौ,१ चैत्र । बबनेकपा एमाले गत फागुन २१गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज बाँकेको नेपागन्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय बासिन्दा झाँकी र जुलुशसहित नगर परिक्रमा गर्दै सभास्थलमा पुगेका थिए । मधेसी मोर्चाका नाममा विभिन्न ठाउँमा बाटो रोक्ने, सामूहिक रुपमा अवरोध सिर्जना गर्ने र बम प्रहार गर्नेसम्मका काम गरिएको थियो ।

त्यसका बावबुद ठूलो संख्यामा स्थानीय बासिन्दा कार्यक्रममा सहभागी भएका थिए ।यसैबीच एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बाँके जिल्लामा मोर्चाले एमालेको कार्यक्रम विथोल्न बम प्रहार गरेको सम्बन्धमा फेसबुकवालमा यस्तो लेखेका छन–

बन्दले एमालेलाई छेक्दैन । एमाले स्वतन्त्रताका लागि लडेको पार्टी हो । बन्दले उनिहरु नै नीसास्सिने छन र आफ्नो मृत्‍यु आँफै निम्त्याउने छ्न । आज अपराधी समुहले बाँके जिल्ला बन्दको घोषणा गरेको छ । त्यस्लाई चुनौती दिदै एमालेको मेची महाकाली अभियानलाइ स्वागत गर्न नेपालगन्जको मध्य भागमा बिसौ हजार बाँकेका जनसमुदायहरु आउनुभयो । हजारौ मुस्लिम समुदाय पनि आफ्नो पहिचान सहित आउनुभयो । सलाम बाँकेबासिलाई अनि धन्यवाद एमाले जिल्ला कमिटी बाँकेलाई ।