शैक्षिक

ग्रामिण क्षेत्रका मनिस पनि शौचालय तर्फ जान थालेपछि युग फेरियो कपिलबस्तुमा



इमरान खान

कपिलवस्तु,२ चैत । कपिलवस्तु का ग्रामिण क्षेत्रका मनिसहरू वदलिदो युग को प्रभाव ले गर्दा धेरै ले शौचालय निर्माण गरी सकेका छन् , बाकी ले गर्दै छन।पहिला का मनिस जुन शौचालय को प्रयोग र महत्व बुझेका थिएनन् तर आज को यस युग मा यसको बारेमा बुझिसक्दा शौचालय को निर्माण गर्न लागेका छन।कपिलबस्तु जिल्ला पत्थरदेइया दुई मा बस्ने पचास बर्षीय पूरन लाल भुज भन्नुहुन्छ, कि जब यसको औचित्व के छ रु किन बनाउनु पर्ने रु के छ महत्व रु यस्ता कुराहरू को जानकारी न हुदा म पनि भन्थे किन बनाउनु पर्यो।

हामी सदियो देखी खुला रूपमा दिसापिसाब गर्दै आएका छौ।त्यही नै ठीक छ भनी सोच राख्ने व्यक्ति समयानुसार पूर्णरूपमा परिवर्तन भइ अहिले शौचालय निर्माण गर्दै छन। वहा भन्नु हुन्छ , शौचालय प्रयोग गर्ना ले आफ्नो परम्परा ,सभ्यता र सस्कृति को जर्गेना हुन्छ र बिभिन्न किसिमका सरुवा रोग वाट बच्नु का साथै अन्य खतरा हरू वाट जोगिन सकिन्छ।

अधुनिक प्रवृति र सोच विकास ले मान्छे को जिवन शैली नै परिवर्तन गराएको पाइन्छ। अहिले विभिन्न गाउ घरमा शौचालय को निर्माण हुन थालेका छन।ग्रामिण क्षेत्र पनि सरसफाइ मा पूर्णता पाइरहेको छ।। अब यस लाइ अझै पुर्णता दिन सम्बन्धित निकाय र संघ सस्था ले पहल गर्नु पर्ने र नागरिकहरू मा जनचेतना फैलाउनु पर्ने खाचो देखिन्छ