शैक्षिक

आइजिपी नियुक्तिमा बहस आज पनि हुन सकेन



काठमाण्डौ, ३ चैत । सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा परेको मुद्धामा बिहीबार बहस हुन सकेन् । बिहीबार अन्तिम बहस हुने भनिएको थियो, तर त्यो हुन सकेन् ।

एक महिना अघि सरकारले जय बहादुर चन्दलाई आईजिपीमा नियुक्त गरेपछि सर्वोच्चमा परेको रिटपछि उनलाई उक्त पदमा रहेर काम गर्न नदिनु भन्ने अन्तरिम आदेश दिएको थियो ।

बिहीबार न्यायाधीशद्वय ईश्वरचन्द्र खतिवडा र तेज बहादुर केसीको ईजलाश राखिएको थियो । चन्द पक्षका वकिल सुशील पन्तले चन्दलाई महानिरीक्षकका रुपमा काम गर्न गराउन नदिनु भन्ने सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिँदा पनि न्यायाधीश केसी रहेको र अन्तिम सुनुवाइ उनले गर्न नमिल्ने बताएपछि बहस हुन नसकेको हो ।

डिआइजी नवराज सिलवाल पक्षका वकिल टीकाराम भट्टराईले अन्तिरम आदेश निरन्तरता दिने इजलासमा केसी बसेका भए पनि उनले अन्तिम सुनुवाई गर्न सक्ने बताएका थिए ।