Banner News

धनगढीमा ओलीले भने–एमालेलाई जनताबीचमा जान बाट रोक्न खोज्नु असम्भव प्रयास हो



काठमाण्डौ, ३ चैत । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत कैलालीको धनगढीमा आयोजित विशाल जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी समृद्धि र विकासको यात्रामा अघि बढिरहेको वताउँदै

जनताले धेरै दुख पाए तर, अब यस देशलाई गरिव राखिरहन हुँदैन । सामाजिक न्याय र समानता सहितको उन्नत राष्ट्र बनाउन एमाले कृतसंकल्पित रहेको वताए ।
अध्यक्ष ओलीले महिला, जनजाति, मधेसी, मुस्लिम, थारु लगायतका समुदायलाई एमालेमा आवद्ध हुन आग्रह गरे । एमालेले सामन्ती ब्यवस्था विरुद्ध संघर्ष गरेर जनताको समर्थन हासिल गरेको वताए ।
नेपाल विविधतायुक्त देश भएको वताउँदै अध्यक्ष ओलीले यहाँको विविधतालाई एकतामा परिवर्तन गर्नुको साटो केही राजनीतिक शक्तिहरु फूट ल्याउने उद्यमममा सामेल भएको वताउँदै उनले । भने– ‘हामी बीचमा जातीय, सांस्कृतिक, भौगोलिक, लगायतका भिन्नता छन् । त्यो हाम्रो शक्ति हो । गरिवी, विभेद र पछौटेपन हाम्रा साझा समस्या हुन् । हाम्रो संघर्ष त्यस विरुद्ध केन्द्रित छ ।’
आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आफ्नो पार्टीले प्रयास गरेको वताउँदै ओलीले भने– जनताले के खाउँ के लाउँको अवस्था अन्त्य गछौ, छोराछोरी कसरी पढाउँ भन्ने अवस्थाको अन्त्य गछौ।

आफ्नो पार्टीलाई जनताको बीचमा जानबाट रोक्ने प्रयास गरिएको तर, त्यसलाई असफल बनाइछाड्ने ओलीको उद्घोष थियो । ‘जहाँ एमाले जान्छ त्यहाँ बन्दको आयोजना गरेर एमालेलाई जनताको बीचमा जानबाट रोक्न खोजिएको छ । त्यो असम्भव प्रयास हो ।