Banner News

हेलम्बुको पदयात्रामा निस्केका दुई नेपाली युवा विवेक र योगेश बेपत्ता, हेलिकप्टरबाट पनि खोजीकार्य जारी



काठमाण्डौ,३ चैत्र ।,लाङटाङको क्यान्जिन गुम्बाबाट गन्जला पास हुँदै हेलम्बुको पदयात्रामा रहेका दुई जना नेपाली युवाहरु गन्जला पास क्षेत्रमा हराइरहेका छन । भक्तपुर सिपाडोल बस्ने बर्ष २४ को बिबेक बस्नेत र ललितपुर पाटन घर भएका बर्ष २५ को योगेश शाक्य फागुन २४ गते देखि उक्त क्षेत्रमा हराइरहेको निजका परिवार स्रोतले जानकारी गरायो।

फागुन २४ गते क्यान्जिन उपत्यकाबाट “हामी गन्जला पास तर्फ लागेउ” भनेर अन्तिम पल्ट बिबेक बस्नेतले परिवारसँग फोन सम्पर्क गरेका थिए ।
खोजी कार्यको लागि परिवारबाट सिम्रीक एयरको हेलिकप्टर प्रयोग गरे पनि अहिले सम्म नभेटिएको पारिवारिक स्रोतले बताएको छ । आज पनि केही अनुभबी शेर्पाहरुलाइ तार्केघ्याङबाट पैदल खोजिकार्यको लागि गन्जला पास तर्फ पठाइएको बिबेक बस्नेतका दाजु बिजय बस्नेतले जानकारी गराए ।