शैक्षिक

गुर्जुधारा सवारी दुर्घटनामा मर्नेको संख्या दुईः मर्ने दुवै चालक



काठमाण्डौ,४ चैत्र । थानकोटको कलंकी सडकखण्ड अन्तर्गत गुर्जुधारामा भएको सवारी दुर्घटनामा थप एकको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मर्नेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा घाइते भे १ ख २४३९ नम्बरको मिनी ट्रक चालक डम्बर पोखरेलको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । यसअघि वा१ज ७९६७ नम्बरको ट्याक्सी चालक कान्छा वली लामाको मृत्यु भएको थियो ।

दिउँसो ब्रेक फेल भएर कलंकीतर्फ आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकले ट्याक्सी, मिनी ट्रक, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्, घाइतेहरुको बयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।