Banner News

सुर्खेतबाट ओलीले भने –७ सालमा क्रान्ति गर्ने का्रग्रेस मोर्चाका नाममा ४ जना दलाल उभ्रिदा थरथर काम्छ



काठमाण्डौ ५ चैत । नेकपा एमालेकोमेची–महाकाली अभियान सकिए लगतै सुर्खेतमा विशाल जनसभा गरेको छ ।विशाल जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली ,वरिष्ठ नेता माधव कुमार नेपाल,महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले

नेपाली कांग्रेस राष्ट्रिय दायित्व पूरा गर्नबाट उदासीन रहेको पनि वताए । ‘एमाले देश बनाउने पार्टी हो, एमालेसँग दृष्टिकोण छ, योजना छ, कार्यक्रम छ खाका छ’ ओलीले भने, ‘नेपाली कांग्रेसको कन्तबिजोग छ । ७ सालमा क्रान्ति गर्ने कांग्रेस अहिले मोर्चाका नाममा ४ जना दलाल उफ्रिंदा थरथर काम्छ । कांग्रेस जनताको पक्षमा बोल्दैन चार जना दलालको पक्षमा उभिन्छ ।’
सत्तारुढ कांग्रेसलले सान्दर्भिकता गुमाउँदै गएको वताउँदै ओलीले कांग्रेसलाई बहुमत बाँदरका हातमा नरिवल सावित भएको वताए । एमालेले छोटो समय सरकारको नेतृत्व गर्दा देशमा विकासको नयाँ थालनी हुने गरेको र कांग्रेसले पटक पटक बहुमतको सरकार चलाउन नसकेको उदाहरण ओलीले प्रस्तुत गरे ।
एमालेको काम र लोकप्रियता देखेर सत्तारुढ कांग्रेस चुनावसँग भाग्न खोजेको ओलीको आशंका थियो । ‘चुनावबाट कहिलेसम्म डराउने ? कहाँ भाग्ने ? चुनाव एकदिन त आउँछ आउँछ’ ओलीले भने ।
अर्को वर्षको बजेट एमालेले ल्याउँछ ।’ उनले काम गर्ने उद्धेश्य रहे पैसाको कमी नहुने पनि स्पष्ट पारे ।

एमालेसँग विकासको योजना भएकै कारण कांग्रेस एमालेसँग आत्तिएको ओलीको भनाई थियो । ‘आँखामा चस्मा लगाउन मिल्छ, दिमागमा चस्मा लाउन मिल्दैन । दृष्टिकोण नै कमजोर भएपछि उपचार नै छैन । एमालेसँग किन आत्तिन्छन् भने एमालेसँग देश बनाउने दृष्टिकोण छ, योजना छ, खाका छ, कार्यक्रम छ, त्यसैले आत्तिन्छन्’ एमाले र कांग्रेस बीचको भिन्नता दर्शाउँदै ओलीले भने ।
भूकम्प र नाकाबन्दीले देश जर्जर बनेका बेला आफू सरकारको नेतृत्वमा आएको तर, ती सबै प्रतिकूलतालाई अनुकलतामा बदलेको ओलीको भनाई थियो । ‘नाकाबन्दी लागेका बेला सरकारको नेतृत्व गर्यौं । नाकाबन्दी खोल्यौं, भारत गयौं, चीन गयौं, पारवहन सन्धी गर्यौं । चीनसँग रेल सम्झौता गर्यौं’ ओलीले भने ।

उनले चुनाव गर्न सरकारले खुट्टा कमाए एमालेले कडा कदम चाल्ने वताए । ’
सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन र चनुावसँग कुनै साइनो नभएको वताउँदै चुनाव गर्न सरकारले खुट्टा कमाइरहेको वताए । ‘चुनावको मिति घोषणा गरे पनि चुनावलाई संविधान संशोधनसँग जोडेर सरकारले चुनाव गर्न खुट्टा कमाइरहेको छ’ नेपालले भने, ‘यदि चुनाव गर्न सक्नुहुन्न भने तपाईंलाई कुर्सीमा बस्ने अधिकार छैन । तुरुन्तै सत्ता छोड्नुस् ।’

नेपालले एमालेको लहर देखेर प्रतिद्वन्द्वीहरुको भागाभाग भएको वताए । नेपालले नेपालको स्वाधीनतामाथि विदेशीले आक्रमण गर्दा एमाले बाहेक कुनै दलले नबोलेको वताए । ‘नेपालको भूमिमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेर गोविन्द गौतमको हत्या हुँदा त्यसको विरोध गर्ने सहास देखाएका छैनन्’ नोपलले भने, ‘नेपालको स्वाधीनताको रक्षा गर्ने नेपाली भएकोमा गर्व गर्ने पार्टी एमाले हो । त्यसरी नै
सभालाई सम्बोधन गर्दै महासचिव ईश्वर पोखरेलले संविधान बनाउन नदिने तत्वले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन बनाइ संविधान धरासायी बनाउन संशोधनको नौटंकी गरेको वताए । ‘नयाँ गठबन्धनले बेमौसमको राग अलाप्दै संविधान संशोधनको कुरा गर्न थाल्यो’ महासचिव पोखरेलले भने, ‘उनीहरु संविधानको रक्षा होइन । संविधान संशोधनको नौटंकी गरेर संविधान धरासायी बनाउन चाहन्छन् ।’
पोखरेलले संविधान जारी नगर्न धम्की दिनेहरु नै संविधान कार्यान्वयन गर्न नदिन संशोधनको कुरा गर्दै अहिले चुनाव विथोल्न लागेको पोखरेलले वताए । ‘