शैक्षिक

पत्रकार महासघ चितवनमा चुनाबी प्रतिस्पर्धाः कसले मार्ला वाजी



अमिर रामदाम

भरतपुर, ५चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाको एघारौं अधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ । अधिवेशनमा विभिन्न पदका आकान्क्षीहरु आपसी प्रतिस्पर्धामा उत्रिएका छन्, भने कार्यसमितिको कतिपय पदमा निविरोध पनि भएको छ ।

एघारौ जिल्ला अधिवेशन अहिले विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चलिरहेको छ ्र कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा।महेन्द्र विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारीका महासचिव राजेश राई, नेपाल प्रेस युनियनका दीपक आचार्यलगायतको को पनि उपस्थिति रहेको थियो ।
अधिवेशनमा स्व।तिलचन्द साखी पत्रकारिता पुरस्कारबाट दीपेन्द्र अधिकारी र रामकान्त पौडेल सम्मानित भएका छन् ।त्यस्तै अन्य विभिन्न पत्रकारिता पुरस्कारबाट सृजना अर्याल, प्रतिमा सिलवाल लगायत सम्मानित भएका छन् । आगामी नेतृत्वका लागि कार्यसमितिको अध्यक्षमा राधेश्याम खतिवडा र सूर्यप्रकाश कडेल,उपाध्यक्ष खुल्लामा नारायण प्रसाद अधकारी,महिला उपाध्यक्षमा चाँदनी हमाल र शान्ता अधिकारी छन भने सचिवमा तीर्थ नेपाल र राजु चौधरी का बीच प्रतिस्पर्धा हुँदै छ । कोषाध्यक्षमा भने प्रकाशमणी ज्ञवाली निविरोध चयन भएका छन् । कार्यसमितिको अधिकाश पदमा निविरोध भएको छ । कार्यसमितिको सदस्यमा अमिर रामदाम निविरोध चयन भएको छ भने खुल्लातर्फ ८जनाको कार्यसमितिका लागि १५ जनाको उम्मेदवारी परेको छ ।