समाचार

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते



काठमाडौँ, २३ वैशाख । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

प्रहरीका अनुसार आज कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।

आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।