राजनीति

सिपीले भने–छिमेकी र मेधशीवादी दलबाट राष्ट्रियता र प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ



भक्तपुर, ५ चैत । नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी मुलक भारतबाट राष्ट्रियता र मधेशीवादी दललबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको वताए । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता मैनालीले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए।

नेपालमा दलहरुको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उहाँले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको वताए । सबै राजनीतिक दलहरुले समिक्षा गरेर राष्ट्रियताका विषयमा छलफल गर्नुपर्नेमा जोड दिर्दै उनले नेपालमा एकीकरणदेखिनै वैदेशिक हस्तक्षेप भएपनि अहिले भने राष्ट्रियता इतिहासमै कमजोर बनेको स्पष्ट पारे ।
सुगौली सन्धिदेखिको वैदेशिक हस्तक्षेप निरन्तर जारी रहेको बताउँदै उहाँले कञ्चरनपुरमा भारतीय सुरक्षा कर्मीबाट नेपाली नागरिक मारिनु राष्ट्रियतामाथिको ठाडो प्रहार भएको बताए। भारतले संविधान जारी गर्दा लगाएको नाकाबन्दी यी सबै हस्तक्षेपको नमुना भएको बताउँदै भारतीय हस्तक्षेप निरन्तर जारी रहेको उनको भनाइ छ ।
उहाँले निर्वाचन हुन नसकेका प्रदेशलाई थाती राखेर भएपनि स्थनीय तहको निर्वाचन तोकिएकै मितिमा गर्नुपर्नेमा उहाँले जोड दिए। मैनालीले आगामी ३१ बैशाखमा निर्वाचन हुन नसकेका क्षेत्रमा पछि गर्ने गरी खण्डखण्ड भएपनि निर्वाचन गर्नुपर्ने बताए । देशभरका सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेशमा मधेशी मोर्चाको अवरोध भएर निर्वाचन गर्न नसकिए खण्डखण्ड भएपनि निर्वाचन गर्नुपर्ने बताए ।
उनले मधेशी मोर्चासँग निरन्तर संवाद र छलफल चलाएर निर्वाचनमा सहभागि गराउन सरकारले भुमिका खेल्नुपर्ने बताउँदै मधेशी मोर्चाले राखेको संविधान संशोधनको प्रस्ताव यथास्थितिमा पारित भने गर्न नसकिने बताए। संविधान संशोधन प्रस्ताव सरकारले गलत बाटोबाट ल्याएको र यदी संशोधन पारित नै भएपनि मोर्चा निर्वाचनमा सहभागि नहुने भन्दै उनले मोर्चाका नेताहरु कुनै पनि हालतमा अहिलेको संविधान कार्यान्वयनमा नदिने षड्यन्त्रमा लागिपरेको बताए ।