Banner News

नेपाल प्रहरीको महानिरीक्षकमा फेरी अर्को रिटः विवादले नयाँ मोड लिने



काठमाडौं,७ चैत्र । नेपाल प्रहरीको महानिरीक्षक एआइजीहुन माग गर्दै सोमबार फेरि अर्को रिट परेको छ । आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै डिआइजी प्रकाश अर्यालले रिट दायर गर्नुभएको हो ।

सोमबार एआइजीसम्बन्धी परेको रिटमाथिको बहस सकिएलगत्तै डिआइजी अर्यालले दायर गर्नु भएको रिटमा जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्यसम्पादन मूल्यांकन झिकाउने सर्वोच्चको आदेशले अन्यायमा परेको उल्लेख छ । डिआइजी अर्यालले आइजिपी बढुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न र बढुवा गरी पदस्थापन गर्न सरकारको नाममा परमादेश दिन माग गरेका छन् ।