शैक्षिक

एमाले सांसद दुलारी देबीको निधन



काठमाडौं, १० चैत । नेकपा एमालेकी सांसद दुलारी देवीको विहिबार राति निधन भएको छ ।

गत चैत ५ गते सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भई राजधानीको ग्वार्कोमा रहेको बी एन्ड बी अस्पतालमा उपचाररत दुलारीको राति करिब ९ बजेतिर निधन भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।