Banner News

बर्दिवासमा चैत्र १६ र १७ गते एमालेको प्रदेशस्तरीय वृहत कार्यकर्ता भेला



काठमाडौं, ११ चैत । नेकपा एमालेले तराई मधेसमा पुनः जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत प्रदेश नम्बर २ मा स्थगित गरिएका कार्यक्रमहरुलाई नयाँ सन्दर्भसहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकका अनुसार प्रदेश नम्बर २ संगठन कमिटीको नेतृत्वसँग परामर्श अनुसार यही चैत १६ र १७ गते महोत्तरीको बर्दिवासमा प्रदेशस्तरीय बृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ ।

सो भेलामा प्रदेश नम्बर २ का सबै केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, इलाका, नगर तथा गाउँ कमिटीका पदाधिकारीहरु, जनसंगठनका केन्द्रीय तथा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहने छ ।

त्यसरी नैप्रदेश भेला सम्पन्न भएको एक हप्ताभित्र उक्त प्रदेशका सबै जिल्लाहरुमा जिल्लास्तरीय बृहत कार्यकर्ता भेलाको आयोजना गरिनेछ । ती भेलाको मिति सम्बन्धित जिल्ला कमिटीलाई तोक्न निर्देशन दिइएको छ । त्यसपश्चात जिल्ला र स्थानीयस्तरमा जनसभा, सार्वजनिक अन्तरक्रियालगायतका कार्यक्रमहरु आयोजना गरिनेछ ।