शैक्षिक

कडायतले सम्हाल्ने भए सैनिक प्रवक्ताको जिम्मेवारी



काठमाडौं,११ चैत्र । सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी भंकर बहादुर कडायतले सम्हालेका छन् ।

मानार्थ उपरथी तारा बहादुर कार्कीले निर्देशनालयमा आयोजित कार्यक्रममा कडायतलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
करिव १८ महिना सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका कार्कीले कार्यभार कडायतलाई हस्तान्तरण गरेका हुन् ।
उनले सेना र संचार जगत बीचको सम्बन्धमा सदाझं हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने विश्वास व्यक्त गरे ।